Skip to main content

राष्ट्रिय सभाको बैठकमा ढिलाइ

१७ जेठ, काठमाडौँ । राष्ट्रिय सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन र बैठकमा ढिलाइ भएको छ। बिहान सवा ११ बजे बस्ने निर्णय भएको यो बैठक समयमै सुरु हुन सकेन। आज राष्ट्रिय सभाले दुई विधेयक पारित गर्ने कार्यसूचीमा राखेको छ। प्रधानमन्त्री तथा गृहमन्त्री वालैन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव अघि बढाउने कार्यक्रम रहेको छ। साथै, आजै उक्त विधेयक पारित गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने बताइएको छ। त्यस्तै, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि आजै पारित गर्ने कार्यसूचीमा राखिएको छ। यी विधेयकमा गरिएको संशोधन बारे राष्ट्रिय सभाका विभिन्न दलहरूले सरकारसँग संवाद गरिरहेका छन्।