
गृह मन्त्रालयको निर्णयअनुसार नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले उक्त सरुवा सूची सार्वजनिक गरेको छ। १८ जेठ, काठमाडौं। नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको एकै पटक सरुवा गरिएको छ। गृह मन्त्रालयको स्तरको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सरुवा सूची सार्वजनिक गरेको हो। को कहाँ सरुवा भए भन्ने विवरण समावेश गरिएको छ।





