Skip to main content

पर्यटन भिसामा नेपालमा व्यवसाय गर्दै दुई चिनियाँ नागरिक पक्राउ

२१ जेठ, काठमाडौँ – अध्यागमन विभागले पर्यटक भिसामार्फत नेपालमा व्यवसाय संचालन गरिरहेका दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, ती व्यक्तिहरूलाई बिहीबार पक्राउ गरिएको हो। उनीहरूले पर्यटन भिसाको उद्देश्य विपरीत व्यवसायिक गतिविधि सञ्चालन गर्दै आएका थिए।

प्राप्त विवरणअनुसार, ती व्यक्तिहरू सन् २०२४ मा चीनको तिब्बत हुइदा इन्टरनेसनल ट्रेड र जिजाङ साङ चेन्ग हेल्थ इन्डस्ट्रीका बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेका थिए। दुई वर्षअघि विदेशी लगानीसँगै लिउ जुन विथ रेस्टुरेन्ट स्थापना गर्ने प्रतिबद्धतासहित व्यवसायिक भिसा प्राप्त गरेका थिए। तथापि विभागको भनाइ अनुसार, उनीहरूले त्यो प्रतिबद्धता पूरा नगरेका र पर्यटन भिसामै नै रहेको तथ्य पत्ता लागेको छ।

प्रारम्भिक अनुसन्धानले देखाएको छ कि ती व्यक्तिहरूले गैरकानूनी रूपमा नेपाली नागरिकका नाममा “नेपाल जङ्गनी ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट” नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि कम्पनीको नाममा व्यवसाय गरिरहेका छन्। विभागका अनुसार उक्त कम्पनी टिकटकमार्फत प्रचार गर्दै विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको छ। यी व्यक्तिहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो उपलब्ध गराउने भनी प्रचार गरेका भए पनि बजार मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्दै आएको पाइएको छ।