फ्लाई दुबई को पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान संचालनको अनुमति प्राप्त

फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस विषयमा जानकारी दिनुहुँदै भने, “नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ।”
उहाँले थप्नुभयो, “उच्चस्तरीय सुरक्षा, सुरक्षा तथा सञ्चालनसम्बन्धी निरीक्षण पूरा भएसँगै फ्लाई दुबईले २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान संचालनका लागि अनुमति पाएको खबरले सम्पूर्ण पोखरेलीलाई उत्साहित बनाएको छ।” यसले पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौं केन्द्रीत हवाई चापको विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर समेत प्रदान गर्ने उहाँको भनाइ हो।
दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्कले मध्यपूर्व, युरोप र अफ्रिका लगायत ३ सयभन्दा बढी शहरसँग पोखराको पहुँच विस्तार हुनेछ।





