Skip to main content

थाइल्याण्डले नेपाललाई १३१ रनको लक्ष्य दिएको छ

२७ जेठ, काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डले नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको हो । थाइल्याण्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकपूर्ण पारी खेलेकी छन् । उनी ५१ बलमा नट आउट रहँदै ६३ रन बनाइन् । फनिता मायाले २६ र चनिदा सुथिराङले १६ रन जोडेकी छन् । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिएका छन् । एसिया कपमा छनोट हुनको लागि नेपालले यो खेल जित्नुपर्नेछ ।