
राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नवनियुक्त विशाल श्रेष्ठले पदबहाली गरी खेलकुद विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनलाई साथै सदस्यहरू मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई परिषद्ले स्वागत गरेको छ। परिषद्को सदस्य सचिव रामचरित्र मेहताले नयाँ पदाधिकारीहरूलाई खेलकुदको पछिल्लो अवस्था तथा आगामी योजनाबारे जानकारी गराएका छन्। २८ जेठ, काठमाडौं।
नेपाल सरकारले विशाल श्रेष्ठलाई बुधबार उपाध्यक्षमा नियुक्त गरेको थियो। पदबहाली समारोहमा उपाध्यक्ष श्रेष्ठले खेलमैदानबाट व्यवस्थापकीय जिम्मेवारीमा आएर सबैको सहकार्यबाट खेलकुदको विकासमा योगदान दिने विश्वास व्यक्त गरे। परिषद्को सदस्य सचिव रामचरित्र मेहताले उपाध्यक्ष श्रेष्ठसहित नवनियुक्त सदस्यहरू मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई हार्दिक स्वागत गर्दै खेलकुदको पछिल्लो अवस्था सम्बन्धमा जानकारी गराउनु भयो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकार र परिषद्का विभागीय तथा शाखा प्रमुखहरू पनि उपस्थित थिए।





