कोशी प्रदेशका पाँच जिल्लाबाट लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा आइतबार १३ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि, गाँजा र चारवटा दुई पाङ्ग्रे सवारी साधन बरामद गरेको छ। पक्राउ परेका अभियुक्तहरूलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि हिरासतमा राखिएको छ। ७ असार, सुनसरी।
पक्राउ परेकाहरूमा झापाको गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी, बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी पत्नी मनिका कामती रहेका छन्। त्यसैगरी, धनकुटा नगरपालिका–७ का २९ वर्षीय दर्शन राई, धनकुटा–१० का २८ वर्षीय नमुनेश भुजेल, सहिदभूमि गाउँपालिका–२ का २३ वर्षीय आयुष राई र उदयपुरगढी गाउँपालिका–६ का ३० वर्षीय नरबहादुर पुलामी मगर पनि पक्राउ परेका छन्।
मोरङको कानेपोखरी–७ का २७ वर्षीय समिर राई, विराटनगर महानगरपालिका–१७ का २५ वर्षीय सोहराब आलम, सुनसरीको धरान–११ का २४ वर्षीय मियोङ लिम्बु र धरान–१५ का २० वर्षीय एमिल राई पनि पक्राउ परेका छन्। आइतबार पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि, गाँजा र चारवटा दुई पाङ्ग्रे सवारी साधन बरामद गरिएको छ। पक्राउ परेका सबै अभियुक्तलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा राखिएको कोशी प्रदेश प्रहरीले जनाएको छ।
