इरान को ६० दिन तक विश्व बाजार में तेल बिक्री की अनुमति, १२ अरब डॉलर के रोके गए कोष की रिहाई
९ असार, काठमाडौँ । स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल विक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। साथै, १२ अरब डलर बराबरको रोक्का गरिएको कोष पनि फुकुवा गरिएको छ। स्विट्जरल्यान्डमा भएको हालैको वार्तापछि अमेरिकी निर्णयले दुई देशबीचको तनाव केही कम भएको संकेत देखाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै, अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी लाइसेन्स जारी गरेको जानकारी दिएका छन्। यो निर्णयअनुसार अब आगामी ६० दिनसम्म अर्थात् २१ अगस्तसम्म इरानले विश्व बजारमा आफ्ना तेल र पेट्रोलियमजन्य उत्पादन बेच्न पाउनेछ। यस अवधिमा अमेरिकी कम्पनीहरूले पनि इरानी तेल किन्न सक्नेछन् र भुक्तानी अमेरिकी डलरमा गर्न सकिनेछ। आवश्यक परे यो व्यवस्था २१ अगस्त पछि नवीकरण गर्न सकिने बताइएको छ।
उक्त लाइसेन्सअनुसार इरानले अमेरिकी डलरमा भुक्तानी प्राप्त गर्नेछ। स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच सम्पन्न वार्तापछि यो कदम चालिएको हो जसलाई सकारात्मक उपलब्धि मानिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन्। वार्ताको क्रममा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो देशमा प्रवेश अनुमति दिने सहमति भएको जनाइएको छ। साथै, इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पहिले क्षेत्रीय तनाव र द्वन्द्वका कारण तेल ट्यांकरहरूको आवागमन धेरै कम थियो। सुरक्षा चिन्ताका कारण धेरै जहाजहरूले यो मार्ग प्रयोग गर्न छाडेका थिए। तर पछिल्लो सहमतिपछिको समयदेखि जहाजहरूको आवागमन पुनः बढ्न सुरु भएको बताइएको छ।
स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक हो। विश्व निर्यात हुने करिब २० प्रतिशत कच्चा तेल यही मार्गबाट ओसारपसार हुन्छ। यसैले यहाँ स्थिरता कायम हुँदा विश्वव्यापी तेल तथा ग्यास बजारलाई पनि राहत मिल्ने अपेक्षा गरिएको छ। सहमतिअनुसार आगामी ६० दिनसम्म जहाजहरूले कुनै अतिरिक्त शुल्क नतिरी स्ट्रेट अफ होर्मुज पार गर्न पाउनेछन्। त्यसपछि इरान र खाडी क्षेत्रका देशहरूले यो मार्गको दीर्घकालीन व्यवस्थापन र सम्भावित शुल्क संरचनाबारे थप छलफल गर्ने छन्। इरानका प्रमुख वार्ताकारले अमेरिकासँग १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का गरिएको कोष फुकुवा गर्ने सहमति भएको बताएको छ। स्विट्जरल्यान्डमा १८ घण्टा लामो गहन वार्तापछि इरानले अन्तर्राष्ट्रिय आणविक निरीक्षण अनुमति दिने प्रतिबद्धता जनाएपछि अमेरिकाले उक्त निर्णय गरेको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकुवा गरिएका इरानी सम्पत्ति अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग गरिने बताएका थिए। तर इरानको केन्द्रीय बैंकले यो टिप्पणी अस्वीकार गर्दै तेहरान अमेरिकी कृषि वस्तु खरिद गर्न बाध्य नरहेको स्पष्ट पारेको छ।
