समूह ‘बी’ मा तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिना विश्वकप फिफा २०२६ मा नकआउट चरणमा प्रवेश गरेको छ। ११ असार, काठमाडौं। बोस्निया समूह ‘बी’ को तेस्रो स्थान हासिल गर्दै सबैभन्दा उत्कृष्ट ८ तेस्रो स्थानका टोलीहरुमा परेपछि नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो। बोस्नियाले समूह चरणका तीन खेलमा एक जित, एक हार र एक बराबरी खेलेको थियो। सहआयोजक क्यानडासँग हेड टु हेडमा पछि रहँदा बोस्निया उपविजेता बन्नबाट वञ्चित भयो। २०१४ को विश्वकपमा पहिलोपटक सहभागी भएपछि समूह चरणबाटै बाहिरिएको बोस्निया दोस्रोपटक विश्वकप नकआउट चरणमा पुगेको छ।
