Skip to main content

निशा डाँगी रास्वपाको सहमहामन्त्री पदका लागि उम्मेदवार बनिन्

११ असार, काठमाडौं। रास्वपाको सहमहामन्त्री पदका लागि निशा डाँगीले उम्मेदवारी घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई यस पदका लागि प्रस्ताव गराएको जानकारी दिईन्। ‘अबको यात्रा सहमहामन्त्रीको,’ डाँगीले फेसबुकमा लेखेकी छन्, ‘सबैलाई साथ दिन अनुरोध गर्दछु।’ निशा डाँगी पहिलेदेखि केन्द्रीय सदस्यको रूपमा काम गरिसकेकी छन् र झापा–१ क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन्।