अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलमा दुई गोलले पछि परेको अर्जेन्टिनाले खेलका ७९औं मिनेटमा एक गोल फर्काएको छ। २३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध महत्वपूर्ण गोल गरेको छ। कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडरमार्फत गोल गरेका हुन्। यस गोलसँगै अर्जेन्टिनाले खेलमा अझै एक गोलले पछि रहेको छ।
