Skip to main content

अघिल्लो निर्वाचनमा धाँधलीको आरोपसहित ट्रम्पमाथि चीनले २२ करोड अमेरिकी मतदाताको डाटा चोरी गरे भन्ने ठुलो आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी गर्दै चीनले २२ करोड मतदाताको डाटा चोरी गरेको गम्भीर आरोप लगाएका छन्। ट्रम्पले अमेरिकी जासुसी तथा सुरक्षा निकायहरूले निर्वाचनको सत्यता लुकाएको आरोप लगाउँदै एफबीआई र सीआईएलाई घटनाको गहिरो अनुसन्धान गर्न निर्देशन दिएका छन्। यद्यपि अमेरिकी सञ्चारमाध्यम र पूर्व अनुसन्धानहरूले ट्रम्पका दाबीहरू पुष्टि नभएको र निर्वाचन नतिजामा कुनै स्पष्ट छेडछाड नभएको बताएका छन्।

डोनाल्ड ट्रम्पले शुक्रबार निर्वाचन सुरक्षालाई लिएर राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो पुरानो दाबी दोहोर्‍याए कि सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँधली गरिएको थियो। उनले अमेरिकी जासुसी संस्थाहरूलाई आक्रमक आरोप लगाउँदै ह्वाइट हाउसबाट केही गोप्य निर्वाचन सुरक्षासम्बन्धी कागजातहरू सार्वजनिक गरे। ट्रम्पले भने कि चीनले २०२० को निर्वाचनमा २२ करोड अमेरिकी मतदाताको डाटा चोरी गरेको छ। उनले आफ्नो सम्बोधनमा करिब २ लाख ७८ हजार गैर-नागरिक मतदाता दर्ता भएको आरोप लगाउँदै अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) को तथ्यांक उद्धृत गरे।

ट्रम्पले भोट मेसिनलाई साइबर आक्रमणको जोखिममा देखाउँदै रूस, चीन, इरान र उत्तर कोरियालाई सम्भावित खतरा भने। उनले राष्ट्रिय जासुसी निर्देशक, एफबीआई, सीआईए र न्याय विभागलाई निर्वाचन सुरक्षासम्बन्धी डाटा सार्वजनिक भएको विषयमा सबैभन्दा गहिरो अनुसन्धान गर्न र दोषीमाथि आपराधिक कारबाही गर्न निर्देशन दिएका छन्। ट्रम्पले मुख्य अमेरिकी मिडियामाथि पनि आक्रमण गर्दै एनबीसी र एबीसीले उनको सम्बोधन प्रत्यक्ष प्रसारण नगरेको भन्दै तीव्र आलोचना गरे।

ट्रम्पले चीनबाट डाटा चोरी र जासुसी संस्थामाथि आरोप लगाउँदै भनेका छन् कि चीनले अमेरिकाका १८ राज्यसँग सम्बन्धित २२ करोड मतदाताको नाम, ठेगाना, फोन नम्बर र राजनीतिक दल सदस्यतासहित संवेदनशील डाटा चोरेको छ। उनले यसलाई अमेरिकी निर्वाचन इतिहासकै सबैभन्दा ठूलो साइबर आक्रमण ठाने। तर अमेरिकी सञ्चार माध्यम र पूर्व अनुसन्धानहरूले यी आरोपहरूलाई पूर्ण रूपमा पुष्टि गर्न नसकेको उल्लेख गरेका छन्।