Skip to main content

रागिनी उपाध्याय स्वर्ण पदक २०२६ युवा कलाकार नैन्सी विश्वकर्मा को प्रदान

१९ साउन, काठमाडौं। यस वर्षको रागिनी उपाध्याय स्वर्ण पदक २०२६ युवा कलाकार नैन्सी विश्वकर्मालाई प्रदान गरिएको छ। उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेपछि नैन्सीलाई यो प्रतिष्ठित स्वर्ण पदक प्रदान गरिएको हो। हालै सम्पन्न लखनउ विश्वविद्यालयको दीक्षांत समारोहमा यो पुरस्कार प्रदान गर्न लागिएको थियो। यो पुरस्कार भारतको लखनउ विश्वविद्यालयले नेपाली चित्रकार रागिनी उपाध्यायको सम्मानमा स्थापना गरेको हो।

कला क्षेत्रमा उत्कृष्टता प्राप्त गर्ने युवा विद्यार्थीहरूलाई सन् २०२५ देखि यो पुरस्कार प्रदान गरिँदै आएको छ। यसले युवा पुस्ताका कलाकारहरूलाई सिर्जनात्मकता, समर्पण र उत्कृष्टताको मार्गमा प्रेरणा प्रदान गर्ने काम गरिरहेको छ, जसको श्रेय चित्रकार उपाध्यायलाई जान्छ। रागिनी उपाध्यायको भनाइअनुसार, यो स्वर्ण पदकले आगामी दिनहरूमा पनि अनगिन्ती युवा कलाकारहरूलाई आफ्ना सपना पूरा गर्न र कला साधनामा निरन्तर अगाडि बढ्न प्रेरित गर्नेछ।