रतुवामाई नगरपालिकाने 40 लाख सहयोग देणो, विराटनगर महानगरपलिकाने 25 लाख 51 हजार दिने घोषणा

12 भदौं, विराटनगर। रसुवाको बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा मोरङको रतुवामाई नगरपालिकाले 40 लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी र जनप्रतिनिधिले पाउने 7 दिनको सुविधा बराबर रकम जम्मा गरी 40 लाख रुपैयाँ राहत कोषमा पठाउने निर्णय गरेको हो।
कार्यपालिकाको निर्णयअनुसार, जनप्रतिनिधि र अधिकृत तहका कर्मचारीले सात दिनको तलब राहत कोषमा जम्मा गर्नेछन्। त्यस्तै, अधिकृत तहका शिक्षक र सहायक तहका कर्मचारीले 5 दिनको तलब जम्मा गर्नेछन्। सहायक तहका शिक्षक र सोभन्दा तलका कर्मचारीहरूले भने 3 दिनको तलब राहत कोषमा योगदान गर्ने निर्णय भएको नगरप्रमुख नागेन्द्रप्रसाद सिंह गनगाईले बताएका छन्।
यता, विराटनगर महानगरपालिकाले 25 लाख 51 हजार रुपैयाँ राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ। महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट 11 लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा र कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जानकारी दिएको छ।





