Skip to main content

चापाकोटका वडा अध्यक्षमाथि मोसो प्रहार

१६ भदौ, स्याङ्जा। स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भूपराज ओस्तीमाथि सोमबार मोसो प्रहार गरिएको छ। वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाहरूले वडा अध्यक्षमाथि मोसो प्रहार गरेका हुन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर र प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिमाथि यस प्रकारको व्यवहार गर्ने जोकोही भए पनि कानुन बमोजिम कारबाही हुने बताएका छन्। प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र दोषी पहिचान भएपछि कानुनअनुसार कारबाही हुने बताएका छन्।