
अन्नपूर्ण स्पाइकर किंग्सका खेलाडी उरानबयारलाई नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा सर्वश्रेष्ठ खेलाडीको रूपमा सम्मानित गरिएको छ। उनलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई हराउँदै उपाधि जितेको थियो।
अन्नपूर्णकै तुर्मान्डाख गान्खुयागलाई उत्कृष्ट सर्भर र उत्कृष्ट सेटर घोषित गरियो भने इंख एर्डेनले उत्कृष्ट अपोजिट हिटरको पुरस्कार जित्न सफल भए। प्रतियोगितामा सातै व्यक्तिगत विधाका विजेताले प्रत्येकलाई ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
कर्णाली शिवराजका विनोद चन्द उत्कृष्ट लिबेरो, मधेश वारियर्सका रबिन नगरकोटी उत्कृष्ट मिडल ब्लकर र काठमाडौं रेड्सका अहमद मुस्तफा उत्कृष्ट आउटसाइड हिटर घोषित भएका छन्। शनिबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको थियो।





