
राफिन्हाको ह्याट्रिकको कारण बार्सिलोनाले सेभियालाई ३–१ ले हराउँदै ला लिगामा शीर्ष स्थानमा ६ अंकको बढ़त कायम गरेको छ। यस सिजन, राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गर्दै सबै प्रतियोगितामा १४ गोल र ला लिगामा ९ गोल पुर्याएका छन्। बार्सिलोनाले लगातार सातौं पटक ला लिगा जित्दा ७ खेलबाट २१ अंक संकलन गरिसकेको छ। ४ असोज, काठमाडौं।
कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता झनै व्यापक बनाएको छ। रामोन सान्चेज पिजुआनमा भएको खेलमा घरेलु टोली सेभियाले १९औं मिनेटमा युसुफ फोफानाको गोलमार्फत अग्रता लिएको थियो, तर बार्सिलोनाले ३ मिनेटमै जवाफ फर्कायो। राफिन्हाले बक्सभित्र उत्कृष्ट फिनिस गर्दै स्कोर १–१ बराबरीमा ल्याए।
दोस्रो हाफमा लामिन यमालको दुई असिस्टमा राफिन्हाले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले ५२औं मिनेटमा हेडरमार्फत दोस्रो गोल गरेको थिए भने ६९औं मिनेटमा यमालको सुन्दर थ्रु पासलाई चिप गर्दै तेस्रो गोल पनि गरे। राफिन्हाले यसअघि रेसिङ सान्टान्डरविरुद्धको ७–२ को जितमा पनि ह्याट्रिक गरेका थिये। यससँगै ब्राजिली विङरले यस सिजन सबै प्रतियोगितामा १४ गोल र ला लिगामा मात्र ९ गोल पुर्याइसकेका छन्। यस जितसँगै बार्सिलोनाले लगातार सातौं ला लिगा जित दर्ता गर्दै ७ खेलबाट २१ अंक जोडेको छ। हान्सी फ्लिकको टोली दोस्रो स्थानको रियल म्याड्रिड र तेस्रो स्थानको रियल बेटिसभन्दा ६ अंकले अगाडि छ, यद्यपि दुवै टोलीले एक खेल कम खेलेका छन्।





