Skip to main content

टेबलटेनिस मिश्रित युगलमा रुबिन–इभाना दोस्रो चरणबाट बाहिरिए

२०औं एसियाली खेलकूद अन्तर्गत जापानमा जारी टेबलटेनिस मिश्रित युगल प्रतियोगितामा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणमा पराजित भई बाहिरिएको छ। टोयोटा शहरस्थित स्काइ हलमा मंगलबार भएको खेलमा नेपाली जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० को सोझो सेटमा पराजित भयो। हङकङको जोडीले क्रमशः ११–२, ११–६ र ११–७ को सेटमा जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

पहिलेको खेलमा रुबिन र इभानाले पाकिस्तानका मोहम्मद खान र कलसुम खानलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका थिए। टेबलटेनिस महिला सिंगल्समा आजै दिउँसो इभाना प्रतिस्पर्धा गरिरहेकी छन् भने इभाना र नविता श्रेष्ठको जोडीले महिला डबल्समा बिहीबार प्रतिस्पर्धा गर्नेछ।

७ असोज, काठमाडौं।