
अस्थायी शिविरमा रहेका व्यक्तिहरूले भोगिरहेका विभिन्न समस्याहरू के-के हुन्? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ? भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण घरबार गुमाएका र विस्थापित भएका मानिसहरूले अस्थायी आश्रयस्थलमा पर्नुपर्ने खानेपानी, विद्युत आपूर्ति लगायतका समस्याहरूको बारेमा हामीले सम्बन्धित अधिकारीसँग जानकारी लिएर परिस्थितिलाई बुझ्ने प्रयास गरेका छौँ।
बिबिसी नेपालीको लाइफलाइन कार्यक्रममा बिबिसी संवाददाता सञ्जय ढकालले बीबीसी हातेमालोसँग सहकार्य गरि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीसँग उक्त विषयमा प्रश्नहरू सोधेका थिए।





