
१५ असोज, काठमाडौं । पाकिस्तानले एशियन खेलकुद पुरुष क्रिकेट फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशमाथि जित हासिल गर्दै पाकिस्तानले कम्तीमा रजत पदक सुनिश्चित गरेको छ। वर्षाका कारण खेल समयमै सुरु नहुँदा म्याचलाई १३ ओभरमा सीमित गरिएको थियो। पाकिस्तानले बंगलादेशले तोकेको ११२ रनको लक्ष्य ११.३ ओभरमा पूरा गर्यो। अब्दुल समद ३० रनमा नटआउट रहे भने हसन नवाजले २७ रनमा नटआउट योगदान दिए। बंगलादेशका महेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान र रिशाद होसेनले १-१ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाउँदै १११ रन बनायो। तोहिद रिदोएको जोडेको सर्वाधिक ४२ रन विशेष उल्लेखनीय रहयो। सेफ हसनले १९ र मोसदेक हुसेनले ११ रन बनाए। पाकिस्तानले अब फाइनलमा भारत र श्रीलंकाबीचको विजेतासँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीसँग बंगलादेश कांस्य पदकका लागि भिड्नेछ।





