भोटेकोशी-त्रिशूली बाढी प्रभावित विद्यार्थीहरूको पुनःपाठ्यक्रम व्यवस्थापन सरकार कसरी गर्दैछ?

बाढीबाट प्रभावित हजारौं विद्यार्थीहरूको पुनःपाठ्यक्रम व्यवस्थापन सरकारले कसरी गरिरहेको छ? सरकारले के कदम चालिरहेको छ? गत भदौ महिनामा भोटेकोशी र त्रिशूली नदीमा आएको शक्तिशाली बाढीले रसुवा देखि धादिङसम्मका ४१ वटा विद्यालयमा व्यापक क्षति पुर्याएको सरकारी तथ्याङ्कहरूले देखाएका छन्। अधिकारीहरूको अनुसार ती विद्यालयमा अध्ययनरत १४००० भन्दा बढी छात्रछात्रा प्रभावित भएका छन्। यति ठूलो संख्याका विद्यार्थीहरूको पठनपाठन तत्काल र दीर्घकालीन आधारमा कसरी व्यवस्थापन गरिँदैछ? सरकारले के योजना ल्याइरहेको छ? यस विषयमा ‘बीबीसी हातेमालो’ का लागि निरञ्जन राजवंशीले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव वीरबहादुर धामीसँग विस्तृत कुराकानी गरेका छन्।





