
भोटेकोशी र त्रिशूली नदीबाट आएको बाढीका कारण हजारौं मानिस घरबारविहीन भएका छन्। तीमध्ये वृद्धवृद्धाको संख्या पनि उल्लेखनीय छ। विस्थापित वृद्धवृद्धामध्ये ती पनि छन् जो बिरामी छन् वा नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुन्छ। बाढीले धेरैको औषधि तथा चिकित्सकले लेखिदिएको पर्ची बगाएको छ। कतिपयलाई आफूले सेवन गर्दै आएको औषधिको नाम पनि थाहा छैन भने कतिपयले औषधि किन्न जाँदा नपाएको गुनासो गरेका छन्।
यस विषयमा ‘बीबीसी हातेमालो’ का लागि निरंजन राजवंशीले बाढीबाट प्रभावित जिल्ला नुवाकोटको विदुर नगरपालिकाका स्वास्थ्य प्रमुख रामराजा भण्डारीसँग सम्पर्क गरी उपलब्ध सहयोगबारे बुझ्न खोजेका छन्।





