
नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबाद दोस्रो सर्किट प्रतियोगितामा उत्कृष्ट जीत हासिल गरिन्। मंगलबार महिला एकलतर्फ आयोजित खेलमा उनले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। यस जितसँगै अभिलाषा प्रिक्वार्टरफाइनलमा प्रवेश गर्न सफल भइन्।
खेल अवलोकन गर्न आएका नेपालका लागि पाकिस्तानका राजदूत रीता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी खेलहरूको लागि शुभकामना व्यक्त गरिन्। प्रिक्वार्टरफाइनलमा अभिलाषाले बुधबार थाइल्यान्डकी कामोनवान योडपेचसँग प्रतिस्पर्धा गर्नेछिन्। कामोनवान प्रतियोगिताको दोस्रो वरीयताप्राप्त खेलाडी हुन्। नेपाल टेनिस संघका सचिव अजय विष्टका अनुसार, अभिलाषा महिला एकल तर्फको विश्व वरीयतामा १५१०औँ स्थानमा छिन्। यस प्रतियोगिताको कुल पुरस्कार राशि १५ हजार अमेरिकी डलर रहेको छ।






